पत्ता लगायो नासाले तीनवटा सूर्य भएको ग्रह

नासाले आफ्नो अत्याधुनिक ‘एक्जोप्लानेट–हन्टिङ स्पेस टेलिस्कोप’ टेसमार्फत एउटा टाढाको ग्रह पत्ता लगाएको छ जसलाई तीनवटा सूर्यले एकैसमयमा परिक्रमा गरिरहेको बताएको छ । ‘ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटलाइट’ अर्थात् टेस एउटा स्पेस टेलिस्कोप हो जसलाई हाम्रो सौर्यमण्डल भन्दा बाहिरी ग्रहबारे पत्ता लगाउने किसिमले डिजाइन गरिएको छ । सो उपकरणले २०१८ देखि आफ्नो दुई वर्ष लामो मिसनको आधा काम सम्पन्न गरिसकेको छ ।
LTT 1445Ab नाम गरेको सो ग्रह पृथ्वीबाट ७३ ‘लाइट यर्स’ टाढा रहेको छ भने पृथ्वी भन्दा अलिकति ठूलो रहेको बताइएको छ । यसको सतहको तापक्रम करिब १६० डिग्री छ । यसको परिक्रमा गरिरहेका तीन सूर्य भने वास्तवमा साना ताराहरु हुन् जुन हाम्रो सूर्य भन्दा कम तातो भएको र नाङ्गो आँखाले देख्न नसकिने बताइएको छ ।
‘हाभर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्स’ की जेनिफर विन्टर्स भन्छिन्, ‘यदि तपाईँ त्यस ग्रहको सतहमा उभिनुभएको छ भने, तपाईँले आकाशमा तीनवटा सूर्य देख्नु हुनेछ जसमध्ये दुईवटा एकदमै टाढा र साना देखिनेछन् । ’ यसैकारण हामीले टेलिस्कोप मार्फत सो ग्रहका वायुमण्डलीय ग्यासहरुको झलक पाउने थोरै सम्भावना छ । यस खोजका बारेमा सबै जानकारी विन्टर्सको टोलीले ‘एस्ट्रोनोमिकल जर्नल’ लाई बुझाएको थियो ।…एजेन्सी
तपाइँको प्रतिक्रिया