भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले ‘सन्दिप’लाई फेरि बोलायो

काठमाडौँ – क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई शुरुमा भिसा नदिए पनि दूतावासले अहिले फेरि ‘रिभ्यू’का लागि बोलाएको हो ।
नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार दूतावासले बोलाएकाले उनीहरु फेरि दूतावास गएका छन् । क्यारेबियन प्रिमियर लिग ९सिपिएल० २०१९ खेल्न अमेरिका हुँदै जानका लागि सन्दिप मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावास गएका थिए । तर अधिकारीहरुले उनलाई भिसा दिन अस्वीकार गरेका थिए ।
सबै कागजपत्र समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले ट्वीट गरेका थिए । सेप्टेम्बर पहिलो सातादेखि हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ । त्यसअघि अमेरिका हुँदै जान उनले भिसा अनुमतिका लागि अप्लाई गरेका थिए ।
सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएनन्, ट्विटर मार्फत यस्तो दुखेसो
तपाइँको प्रतिक्रिया