टुँडिखेल बचाउ अभियानले खरीबोट रोप्ने

काठमाडौं – ‘अक्युपाई टुँडिखेल’ अभियानले कात्तिक ३० गते शनिबार बिहान ८ बजे खरिबोट रोप्ने कार्यक्रम गर्ने भएको छ । विश्व सहनशीलता दिवसको अवसरमा अतिक्रमित टुँडिखेललाई पूरानो स्वरुपमा ल्याउन शुरु भएको टुँडिखेल बचाउ अभियानले सो कार्यक्रम गर्ने भएको हो ।
टुँडिखेल बचाउ अभियानका अभियान्ता तथा समितिले तीन महिनासम्म प्रत्येक शनिबार शान्तिपूर्ण संघर्ष गर्ने घोषणा गरेका छन् । जसअन्तर्गत पहिलो शनिबार समितिले टुँडिखेलमा खरीबोट रोपेर आफ्ना कार्यक्रमको शुरुआत गर्ने घोषणा गरेको हो ।
खुलामञ्चमा भएको पुरानो खरीबोट मल्लकालीन समयको भएको र राजा महेन्द्रको पालाका काटिएको समितिले बताएको छ । काठमाडौंमा भएको एकमात्रै खुला स्थान टुँडिखेल अतिक्रमण भएको र जनताले सास्ती पाएको भन्दै समितिले विश्व सहनशीलता दिवसको अवसरमा खरीबोट रोपी दवाव दिने जानकारी दिएको छ ।
सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस
गत शनिबार टुँडिखेल बचाउ अभियानका अभियन्ताले टुँडिखेल खुला हुुनुपर्ने भन्दै मानव साङ्लोले खुलामञ्च घेराउ गरेको थियो ।
तपाइँको प्रतिक्रिया