महरालाई जेलभित्रै यस्ता सुविधाः कसरी बित्छ उनको दिनचर्या? 'बिहानै उठेर साथीभाइलाई पनि उठाउँछन्' "

काठमाडौं – कारागारमा भनेपछि आम मानिसको दिमागमा कष्टपूर्ण जीवन भन्ने चित्र आउँछ। सामान्य बाहिरी जीवनभन्दा फरक र संकोचित निश्चित घेराभित्रको जीवनलाई कतिपयले नर्कको वास भनेर पनि ब्याख्या गर्छन्। देशकै कतिपय कारागारमा पानी चुहिने छानोमा कष्टपूर्ण जीवन बिताइरहेको समाचार प्राय आइरहन्छ।
तर सबै कैदीलाई भने यस्तो कष्ट हुँदैन। संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि डिल्लीबजार कारागार सदरखोरमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको जीवन भने अन्य कैदीकोभन्दा फरक तरिकाले बिच्छ। कारागार प्रशासनका अनुसार उनी सामान्य ब्यवहार देखाउँछन्। घमण्ड गर्दैनन्। ् बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा महराको नाम दर्ता छ ।
पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका छन् । महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्यूझिने गरेका कारागारका चौकीदार दिपक गिरीले बताए । ‘राति ९ बजे महरा सरको सुत्ने समय हो,’ चौकीदार गिरीले भने, ‘उहाँ उठिसकेपछि अन्य साथीहरूलाई पनि उठाउनुहुन्छ । उठौं साथीहरू उज्यालो भइसक्यो भनेर अरूलाई पनि भन्नुहुन्छ ।’
सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस
डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी छन् । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको छ। महराले बिहान उठ्ने वित्तिकै नित्यकर्म सकेपछि घाम ताप्ने र फलफूल खाने गरेका छन् । उनको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको प्रशासनले जनाएको छ।
उनले धेरैजसो किताब पढेर दिन बिताउँछन्। हप्ताको २ दिन मात्रै महराले भात खाने गरेका छन् । अन्य ५ दिन कारागारको मेसमा रोटी खाने गरेको कारागार स्रोत बताउँछ। महराको लागि जेलमा एउटा ‘सिङ्गल बेड’को व्यवस्था गरिएको छ । उनलाई भेट्न परिवारका सदस्य भने बारम्बार गइरहन्छन्। उनीहरुले नै फलफूल र खानेकुरा लिएर जान्छन्।
तपाइँको प्रतिक्रिया